IME Life
GBIME

शेयर बजारमा ५ अंकको बृद्धि, १०५ कम्पनीको शेयर मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो भारी अंकले बढेको बजार आज सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १३ अंकले बढेर २, ०६६ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मुल्य बढेको छ भने १०८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६९ कम्पनकिो ५५ लाख ३ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, अपर तामाकोशीको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ८ करोड ४० लाखमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रो इनर्जीका लगानीकर्ताले ७ दशमलव ४९ प्रशिततका दरले कमाएका छन् । श्वेत गंगा हाइड्रोका लगानीकर्ताले ६ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशलमव ५३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS