काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । जीवन बीमा अभिकर्ताको आधारभुत तालिम लिई इजाजतपत्र प्राप्त गरी स्वरोजगार हुन ईच्छुकका लागि तालिम संचालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
न्यूनतम एसएलसी वा एसईई तथा सो भन्दा माथिको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले देशभरका सूर्यज्योति लाइफका शाखाहरुमा आर्थिक वर्ष २०८०/८१ को विभिन्न मितिहरुमा हुने तीन दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको हो ।
तालिम लिन ईच्छुक व्यक्तिहरुले नेपाल बीमा प्राधिकरणले तोकिएको आवश्यक कागजातहरु सहित कम्पनीको नजिकको सूर्यज्योति लाइफइन्स्योरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले भनेको छ ।