Connect IPS
IME Life

लगातार घटेको बजारमा आज ४१ अंकको बृद्धि, आइएमई लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज भने शेयर बजारमा हरियाली देखिएको छ । आइतबार अर्थात साताको पहिलो दिनदेखि नै लगातार घटेको बजारमा आज  दोहोरो अंकले बढेर बजार बन्द भएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अंकले बढेर २,०६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज २ सय कम्पनीको शेयर मुल्य बढेको छ भने १८ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइएमई लाइफ कै शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनकिो शेयर मुल्य ५९७ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको ७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् । सुपरमादी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ७५ प्रशिततका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS