काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले भदौ ७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको साउन ५ गते सम्पन्न प्रथम विशेष साधारण सभाले उक्त हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले असोज १० गतेसम्म हकप्रद शेयर विक्रीमै रहने जनाएको छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन ३० गते एक दिन बुक क्लोज गर्ने छ । थप जानकारीका लागि कम्पनीको रजिष्टर्ड कार्यालय झम्सिखेल, ललितपुरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।