IME Life
GBIME

शेयर बजारमा ३८ अंकको गिरावट हुँदा १९७ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३७ अंकले घटेर २,०५१ दशलमव ४७ को विन्दुमा कायम भउको छ । आज १८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य २९७ रुपैयाँ रहेको छ ।

Crest

त्यस्तै, आज एभरेष्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंकका लगानीकर्ताले ६ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS