Connect IPS
IME Life

वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा आएको छ ।निर्माण उद्योगमा अग्रणी नाम तथा विज्ञहरूद्वारा अत्याधिक सिफारिस गरिने वृज एडिटिभ्सले आफ्नो बहुप्रतीक्षित वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको हो । वृज एडिटिभ्सले साउन १९ गते शुक्रबारका दिन काठमाडौँको सोल्टीमोडमा रहेको हायात प्यालेसमा भब्य कार्यक्रम गरि यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको छ ।

वृज एडिटिभ्स एक शताब्दी भन्दा लामो गौरवमय इतिहास बोकेको केडिया व्यवसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड हो । नयाँ बलिया संरचना निर्माण होस् या पुरानालाई मर्मत सम्भार गर्न होस वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्छ ।

Prabhu
Crest

वाटर प्रुफिङ्गका लागी कंम्पनीले ल्याएको Weather Pro+ 250 / Brij Safecrete ले घरलाइ पानीले पु–याउने क्षतिबाट बचाउनका साथै पीलर, बीम,स्ल्याब र स्टिललाइ खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान गर्दछ । उक्त उत्पादनमा आवश्यक र औचित्यताका बिषयमा सम्बन्धित विज्ञ वाट स्पष्ट पारिएको थियो । बजारमा आएका विभिन्न उत्पादन मध्य Weather Pro+
250,लाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने Brij Safecrete लाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिन्छ ।

यस अतिरिक्त, एडमिक्सर सलुशन्स अन्तर्गत वृज एडिटिभ्सले Silkon Flowmix PC 350, PC 450, PC 550 / Ultraset100 (Acclerator)  सरोकारवालाहरुका लागि वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुशन्सहरू ठूला परियोजनाको लागि अत्ति उत्तम हुुने र सबैको माझ लोकप्रिय हुने कम्पनीले दावी गरेको छ ।

साथै, उक्त कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित बस्तुले ग्रहाक तथा निर्माणकर्मी हरुको मन जित्ने आशा समेत ब्यक्त गरेका थिए ।

चर्चित कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले सबैलाइ मनोरञ्जन प्रदान गरि समारोहलाइ रमणीय र स्मरणीय बनाउन सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव मचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिंचाई विभागका महार्निदेशक सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS