Connect IPS
IME Life

कुमारी बैंकको मुनाफा २४ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २४ दशमलव १४ प्रतिशतले कम हुँदै १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ७७ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब २१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब १ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा १५ दशमलव २४ प्रतिशतले घट्दै ३ अर्ब ०३ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख ऋणात्मक रहेको छ । २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ११ अर्ब ३७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्ग ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन ७८ दशमलव ७९ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब १६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७७ दशमलव ३५ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ७० अर्ब पुगेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष १ दशमलव ११ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा ४ दशमलव ७७ प्रतिशत रहेको छ ।

प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४६ पैसा र प्रति शेयर नेटवर्थ १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS