Connect IPS
IME Life

हुण्डाईले ल्यायो “व्हिल्स अफ चेन्ज” एक्सचेन्ज अफर योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले “ व्हिल्स अफ चेन्ज” नामक एक्सचेञ्ज अफर योजना ग्राहकहरु माझ ल्याएको छ । साउन १८ बाट सुरु भएको यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो ।

आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हुण्डाईले आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी “व्हिल्स अफ चेन्ज” योजना ल्याएको छ जसअन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि. आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेञ्ज पार्टनर्सहरु संग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ ।

अत्यधिक लाभ र विशेषता सहितको यो योजनाले ग्राहकहरुलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा पाँच लाख रूपैयाँसम्मको नगद छुट एक लाख ५० हजार रूपैयाँसम्मको एक्सचेञ्ज बोनस र २५ हजार रूपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याँकन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेञ्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध छ ।

यस एक्सचेञ्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका compact SUV, SUV, EV तथा hatchback मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS