Connect IPS
IME Life

पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको छः अर्थमन्त्री डा. महत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र थप चलायमान बनाउनका लागि पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।

उनले विगतमा पुँजीगत खर्च कम हुँदा आर्थिक वृद्धिदर कम भएको भन्दै पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताए । पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उल्लेख गरे ।

Prabhu
Crest

उनले राजस्व सङ्कलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने भन्दै पारदर्शिता, राजस्व वृद्धिमा ध्यान निर्देशन दिइसकेको जानकारी दिए । मन्त्री महतले वर्तमान सरकारको मुख्य लक्ष्यलाई सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिरहेको बताए ।

सो अवसरमा उनले दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखानालगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिए । अर्थमन्त्री महतले वीरगञ्जस्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि एक करोड बजेट उपलब्ध गराइसकेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS