Connect IPS
IME Life

शिखर इन्स्योरन्सले ल्यायो नयाँ बीमा योजना, अब साईलेजको पनि बीमा हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स पशु आहारकाे रुपमा प्रयाेग हुने घाँसकाे सुरक्षित भण्डारण गर्ने प्रविधि साईलेजलाई लक्षित गर्दै नयाँ बीमालेख प्रचलनमा ल्याएकाे छ। साइलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख नेपालमा कम्पनीले शुरू गरेको हो ।

साईलेज बीमाले साईलेज बनाउन लगाईने बालीको लागत मूल्यको आधारमा सुरक्षण गर्दछ । त्यसैगरी कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो विधिबाट भण्डारण गरी साईलेज बनाउने प्रकृया सुरू गरे पश्चात सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका रिसर्च एण्ड डेभलपमेन्ट विभागका प्रमुख महाप्रबन्धक उदित प्रसाद काफ्ले अनुसार नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकता अनुसारको बीमालेखहरू बजारमा ल्याउने उदेश्य सहित यस कम्पनीले साईलेज बाली बीमालेख सुरू गरेको हो ।

साथै कम्पनीका बजार विभागका वरिष्ठ महाप्रबन्धक पुष्कर महतका अनुसार नेपाल सरकारले प्रशोधित घाँसको व्यवसायीक उत्पादन र निर्यातका लागि बाटो खुला गरे पनि व्यवसायीक उत्पादनलाई प्राेत्साहन नमिल्दा घाँस उत्पादकले भने निर्यातका लागी प्रयाप्त  घाँस उत्पादन हुन नसकेकाे गुनासाे गर्दै आएकाे जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमालेखले साईलेज उत्पादकको जोखिमहरूको पहिचान गरी कृषकलाई निर्धक्क रूपमा घाँसखेतीमा लगानी गर्न प्रोत्साहन बढ्ने विश्वास बीमकले लिएकाे छ ।

 

के हो साईलेज
हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउँदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने उद्देश्यले साथ हावा नछिर्ने गरी प्याकेजिङ्ग गरी राखिएको पशु आहारालाई साईलेज भनिन्छ ।

साईलेजको गुण धेरै र मूल्य पनि कम भएको कारण कृषि लागत कम गर्न नेपालमा साईलेजको सम्भावना र माग समेत धेरै छ। हाल नेपालबाट उत्पादन र प्याकेजिङ्ग गरी अन्तर्राष्ट्रिय बजार समेत बनाउन सकेको साईलेजको अब बीमा गर्न सकिने भएको छ ।

कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दाबीको व्यवस्थापन र फर्छ्याैट गरेको आधारमा कृषि विभाग र विश्व खाद्य संगठनले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान समेत गरेकाे थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

0%

अचम्मित

18%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS