काठमाडौं । आज बिहीवार नेपाल स्टक एक्सचेन्जमा नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एनआरएम रहेको छ ।
नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता ८४ रुपैयाँ ४७ पैसादेखि २५३ रुपैयाँ ४१ पैसासम्म ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण,बैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष र कर्मचारहरुलाई निष्कासन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरेर कुल ९६ लाख ७५ हजार कित्ता साधारण शेयर सूचिकृत गराएको छ ।
साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंबाट हुने जनाएको छ ।
1691043526570