Connect IPS
IME Life

आइएमई लाइफको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोवार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँ कायम भएको ४ करोड कित्ता शेयर सूचिकरण सम्झौता भएको हो । उक्त शेयर आइएलआइको नामबाट सूचिकृत भएको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि कम्पनीलाई न्युनतम प्रतिकित्ता १७६ रुपैयाँ ५३ पैसा देखि अधिकतम ५२९ रुपैयाँ ५९ पैसा सम्म रेञ्ज तोकेको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् ।

Prabhu
Crest

सर्वसाधारण लगानीकर्ता(वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत ) मा वितरण गरिएको १ करोड २० लाख अर्थात २० प्रतिशत र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड ८० लाख अर्थात ७० प्रतिशत समेत गरी जम्मा ४ करोड कित्ता सूचिकृत भएको हो ।

कम्पनीको उक्त सूचिकृत भएको शेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबार हुनेछ । उक्त शेयर सूचिकरण पछि दिनुपर्ने आरटिएस सेवा ग्लोबल आईएमई क्यापिटलले दिने समेत जनाएको छ ।

1691042718892

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

22%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS