काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड ओएल लिमिटेडलाई प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।