काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव २५ अंकले घटेर २,०८६ को विन्दुमा कायम भएको छ र आज ११७ कम्पनकिो शेयर मुल्य बढेको छ भने ८१ कम्पनीको शेयर मुल्य घटेको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । स्टा्न्डर्डर्ट चार्टर्ड बैंकका लगानीकर्ताले ४ दशमलव ३ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै प्रभु स्मार्ट फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।