Connect IPS
IME Life

दुई गुणा प्रतिफल सहित टिम भेन्चर्सले फुडमाण्डुको आशिंक शेयर हिमालयन क्यापिटललाई बेच्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक शेयर विक्रि गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स प्रा. लि. उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलक क्षेत्रहरूमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनि हो ।

Prabhu
Crest

फुडमाण्डु प्रा.लि. मा टिम भेन्चर्स प्रा.लि. ले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो । टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ ।

झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफल सहित विक्रि गर्न सफल भएको छ ।
सन् २०१० मा स्थापना भएको फूडमाण्डु नेपालको सबैभन्दा ठूलो अनलाइन फुड डेलिभरी (रेस्टुरेण्टमा आधारित खाद्य तथा खानाजन्य वस्तु विक्रि÷वितरण गर्ने कम्पनीको रूपमा कार्य गर्दै आएको छ । यस कम्पनीले ट्रु नर्थ एसोसिएट्स बाट सन् २०१७ मा सिरिज ए फन्डिङ्ग अन्तर्गत लगानी प्राप्त गरेको थियो ।

यसैगरी टिम भेन्चर्स बाट सन् २०२० मा सिरिज बि फन्डिङ्ग गन्तर्गत लगानी प्राप्त गर्न सफल फुडमाण्डुले सन् २०२३ मा सिरिज सि फन्डिङ्ग अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड आइआइ मार्फत झण्डै ४ मिलियन अमेरिकी डलर बराबरको लगानी प्राप्त गर्न सफल भएको थियो ।

हिमालयन क्यापिटल लिमिटेड, हिमालयन बैङ्क लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनिको रुपमा स्थापित नेपालको एक अग्रिणी मर्चेन्ट बैङ्क हो । हिमालयन क्यापिटले वित्तिय व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा जस्ता विशिष्टीकृत वित्तिय तथा लगानी सेवाहरू प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS