IME Life
GBIME

मनकामना इन्जिनियरिङको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि विक्री गरेको आइपीओ आज बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको कार्यालयमा आज आइपीओ बाँडफाँड भएको हो।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । यस आइपीओमा ७ सय २२ जनाको आवेदन परेको छ । ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम शेयर पाएका छन् । यस हिसाबमा कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता शेयर बाँडफाँड भएको छ । स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ ।

Crest

त्यस्तै, कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ ।

सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता शेयर बाँडफाँड गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसमा गोलाप्रथाबाट २० हजार जनाले १० कितात्को दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । शेयर नपरेका आवेदकले सर्वसाधारणलाई शेयर निष्काशन गर्दाको समयमा आवेदन दिन सक्ने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS