काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका केही शाखा कार्यालयहरु स्थानान्तरण हुने भएका छन् । ग्लोबल आइएमई र साविक बैंक अफ काठमाण्डू मर्जर भइ पश्चात एकै स्थानमा संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण हुने भएका हुन् ।
बैंकको साविक आर्दशनगर चोक वीरगंजको शाखा कार्यालय वीरगंज १० पुरानो वसपार्कमा रहेको सबैलाई जानकारीका लागि सुचना जारी गर्दै जनाएको छ । उक्त शाखाहरु समायोजन र स्थानान्तरण भई साउन २१ गतेदेखि एकीकृत रुपमा संचालन हुने बैकले जनाएको छ ।