काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत विहीबार २९ अंकले घटेको शेयर बजार आज पनि २६ अंकले घटेर २,१०० को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५० करोड २८ लाखमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँले शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले ३ दशमलव ५६ प्रतितशका दरले कमाएका छन् । सुपर माइृ हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ७८ प्रशिततका दरले गुमाएका छन् ।