काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर ब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।