काठमाडौं । कुथेली बखुरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल बालुवाटार काठमाडौंलाई साउन १० गतेदेखि लागु हुनेगरी नियुक्त गरेको हो ।
अब कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलले गर्नेछ । कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।