काठमाडाैं । एशियाली मुलुक सिंगापुरका बीमितले विद्युतीय सञ्चारमाध्यमबाटै बीमालेखमा इच्छ्याईएकाे व्यक्ति समावेश गर्न वा हेरफेर गर्न पाउने सुविधा प्राप्त गर्ने भएका छन् । माैद्रिक प्राधिकरण सिंगापुरले बीमा (लाभार्थीहरूको नामांकन) नियमावली २००९ काे संशोधन गर्दै अनलाइन माध्यमबाट समेत इछ्याइएकाे व्यक्ति उल्लेख गर्न सक्ने व्यवस्था २ जनवरी २०२४ देखि उपलब्ध गराउने भएकाे हाे ।
हाल, इच्छ्याईएकाे व्यक्तिकाे नामांकनका लागी बीमितले निवेदनकाे साथै बीमालेखकाे सक्कल कागजी प्रति नै बीमा कम्पनीमा पेश गरेर स्वीकृत गराउनुपर्ने बाध्यात्मक प्रावधान छ । पहिलो अनलाइन साक्षीको माध्यमबाट, जहाँ बीमितले अनलाइन फारममा अडियो-भिजुअल लिङ्क प्रयोग गरेर हस्ताक्षर गर्नेछन्, बीमा कम्पनीका प्रतिनिधिले पुष्टी गर्नेछन्। यसैगरी दोस्रो विकल्पमा अनलाइन प्रमाणीकरण मार्फत् प्रमाणक(नाेटरी वा एटेस्टर) ले हस्ताक्षर बीमितले नै गरेकाे हाे भन्ने प्रमाणित गरिदनेछ ।
इच्छ्याईएकाे व्यक्तिकाे नामांकनलाई विवाद रहित बनाउन र बीमितकाे पहिचान गर्नका लागी विद्युतीय हस्ताक्षर प्रयाेग गर्नुपर्नेछ। अनलाइन साक्षी र इच्छ्याईएकाे व्यक्ति दुबैले बीमालेख धारकलाई कुनै अनुचित दबाबमा नपारी मनाेनय गराइएकाे मनोनयन गर्नुको उद्देश्य र प्रभाव बुझेको पनि घोषणा गर्नुपर्नेछ।