Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले ४१ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड ८ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।

Prabhu
Crest

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर समेत उल्लेख गरी आवेदन दिन बैंकहरुलाई आग्रह गरेको छ । यहि साउन १६ गतेदेखि २०८१ को साउन १६ गतेसम्म उक्त रकम मुद्दती निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्त समेत राखिएको राष्ट्र बैकले जनाएको छ ।

P-and-G-Investment-Notice

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS