काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर विक्री गर्न लागेको कम्पनीले जनाउको छ ।
शेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीलय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले तोकिएको उक्त समय अवधि भित्र कुनै पनि विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।