Connect IPS
IME Life

सामाजिक सुरक्षा काेषले याेगदानकर्तालाई ७‍.५ प्रतिशत ब्याज दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामाजिक सुरक्षा काेषले चालू आर्थिक वर्षमा याेगदानकर्तालाई दिने ब्याज दरमा वृद्धि गरेकाे छ। काेष सञ्चालक समितिकाे बैठककाे निर्णय अनुसार साउन १ गतेदेखि लागू हुने गरी ब्याज दर वृद्धि गरेकाे हाे ।

वृद्धा अवस्थामा सुरक्षा याेगदानमा वार्षिक ७‍.५ प्रतिशत,  अवकाश काेषकाे विशेष सापटी कर्जामा ८.६ प्रतिशत, धिताेमा आधारित कर्जामा ९‍.२५ प्रतिशत र सापटीमा किस्ताकाे म्याद नाघेमा हर्जाना ब्याज १ प्रतिशत लाग्ने घाेषणा काेषले गरेकाे छ।

Prabhu
Crest

यसअघि घर र शैक्षिक सापटीको ब्याजदर ९.७५ र विशेष सापटीका लागि ९.१ प्रतिशत ब्याजदर रहेकाे थियाे।

सामाजिक सुरक्षा कोष लगानी कार्यविधि-२०७७’  कार्यविधि अनुसार सामाजिक सुरक्षा कोषले याेगदानकर्तालाई १२ किसिमका कर्जा तथा सापटी सुविधा दिइरहेकाे छ । कोषका अनुसार अवकास योजनामा योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशतसम्म रकम सापटी दिइने प्रावधान छ । तर सापटी लिनका लागी कम्तीमा ३ वर्ष काेषमा याेगदान गरेकाे हुनुपर्छ ।

कोषका अनुसार ५० हजार रुपैयाँ वा योगदान रकमको ८० प्रतिशतसम्म को रकमका जुन रकम बढी हुन्छ, त्यसकै आधारमा सापटी प्रदान गरिने प्रावधान छ । श्रमिक र रोजगारदाताबाट जम्मा हुने पारिश्रमिकको ३१ प्रतिशतमध्ये २८.३३ प्रतिशतभित्रबाट अवकाशतर्फको हिस्सा छुट्ट्याएर सापटी वितरणका लागी काेष खडा गरेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS