काठमाडौं । आज शेयर बजार बजार नेप्से परिसूचक ३६ दशमलव १९ अंकले घटेर २,१६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको हो । आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।