Connect IPS
IME Life

जीवन बीमा कम्पनीहरुले नविकरण वापत उठाए १ खर्ब ११ अर्ब बीमा शुल्क, कुनको कति ?(सूचि सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ११ अर्बमाथि नविकरण बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले यसै अवधिसम्ममा १ खर्ब ४२ अर्ब ३० करोड कुल बीमा शुल्क आर्जन गरेका छन् भने ३१ अर्ब २० करोड रुपैयाँ नयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस हिसाबमा कम्पनीहरु नविकरण बीमा शुल्कको भरमा रहेको पाइन्छ ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले नविकरण वापतको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा नविकरण वापत ३० अर्ब ५९ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १५ अर्ब ७ करोड ५३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
हिमालयन लाइफले यस अवधिसम्ममा नविकरण वापत १२ अर्ब ६५ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १२ अर्ब ५३ करोड ९६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ३५ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ६ अर्ब ९ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै, एशियन लाइफले ५ अर्ब ४७ करोड ४० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । मेट लाइफले ४ अर्ब १ करोड २५ लाख नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सिटिजन लाइफले ३ अर्ब ९६ करोड ६१ लाख, सानिमा रिलायन्स लाइफले ३ अर्ब ७८ करोड १६ लाख, आइएमई लाइफले २ अर्ब ७५ करोड ५३ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब २८ करोड ८६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफले २ अर्बमाथि नविकरण बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले १ अर्ब ४१ करोड ६० लाख नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने महालक्ष्मी लाइफले १ अर्ब १० करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS