Connect IPS
IME Life

साउन १४ गतेदेखि आइपीओ विक्री गर्दै मिड सोलु हाइड्रोपावर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १ सय रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

सो मध्ये आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा.वि.स हालको सोलुदुधकुण्ड न.पा. वडा नं.३,४,५,६,७ र ११) का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३०० कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा.वि.स हालको सोलुदुधकुण्ड न.पा. वडा नं ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्लावासीहरुको लागि १ लाख ८७ हजार १०० कित्ता शेयर निष्काशन गर्ने छ ।

Prabhu
Crest

त्यस्तै, १ सय रुपैयाँ अंकित दरका ७४ हजार ८४० कित्ता साधारण शेयर (सर्वसाधारणमा निष्काशन गर्ने शेयरको १० प्रतिशत) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाईको लागि निष्काशन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले यो आइपीओमा साउन २८ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिमा निष्काशन गरिएका सम्पूर्ण कित्तामा आवेदन नपरेमा विक्री अवधि भाद्र ११ गतेसम्म लम्बिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिनु पर्ने छ ।

आइपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आइपीओ साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । स्थानियका लागि खुला गरेको आइपीओमा भने सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म खुला रहनेछ ।

आइपीओमा आवेदन आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS