काठमाडौं । नबिल बैंकले ५ वर्ष पुरानो नगद लाभांश शेयरधनीलाई बुझिलिन आग्रह गरेको छ । कम्पनीको साविक यूनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिला सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७३र७४ सम्मको नगद लाभांश हालसम्म पनि नबुझेका शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको हो ।
हालसम्म पनि नगद लाभांश नलिएका शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल नारायणचौर काठमाडौंमा यथाशीघ्र सम्पर्क गरी लिन आग्रह गरेको छ ।
साथै यस सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त नगद लाभांश कम्पनी ऐनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।