काठमाण्डाै । प्रतिकूल अवस्थाका बावजुद सानिमा रिलायन्स लाईफकी अभिकर्ता नमिता न्याैपाने मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) अन्तर्गत काेर्ट अफ द टेबल २०२४ उपाधीका लागी याेग्य भएकी छिन् । सानिमा रिलायन्स लाईफकाे बिर्तामाेड शाखा अन्तर्गत कार्यरत एजेन्सी म्यानेजर न्याैपानेले १ कराेड २५ लाख रुपैयाँभन्दा बढी प्रथम् बीमाशुल्क संकलन गरेर याे उपाधीका लागी याेग्य भएकी हुन् ।
सुस्त आर्थिक वृद्धिदरका कारण देखा परेकाे मन्दी, बढ्दाे मुद्रास्फितीका कारण बढेकाे महँगी र सर्वसाधारणकाे बचत क्षमतामा आएकाे संकुचनका बावजुद एजेन्सी म्यानेजर न्याैपानले पेशाप्रतिकाे लगनशीलताका कारण सन् २०२३ काे सात महिनाकाे छाेटाे अवधिभित्रै सिओटीकाे लक्ष्य हासिल गर्न सफल भएकी हुन् ।