IME Life
GBIME

कुथेली बुखरीको आइपीओ नतिजा यी तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । आइपीओको नतिजा भने केहि समयपछि मात्रै हेर्न मिल्नेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

आइपीओमा कुल १० लाख ४८ हजार ४ सय ६८ जनाको आवेदन परेको क्यापिटलले जनाएको छ। कुल आवेदन मध्ये १० लाख ४७ हजार ३ सय ५ जनाको योग्य आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसअनुसार १० हजार १ सय १५ जनाले शेयर पाएका छन् । जसमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

Crest

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ ।

२ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको र सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS