Connect IPS
IME Life

कामना सेवा विकास वैंकबाट १२.१२% ब्याजदरमा कर्जा पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास वैंकले ग्राहकहरुको कर्जाको लागि नयाँ व्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । वैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्र्तगत सरल व्यापार कर्जा र विद्युतिय सवारी साधन खरिद गर्दा वैंकले १२.१२ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

वैंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मुल्याङ्कीत रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक व्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने वैंकले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै गरि विद्युतिय सवारी साधन खरिदमा खरिद मुल्यको ८० प्रतिशत सम्म कर्जा उपलव्ध हुने वैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले वताउनुभयो । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार वैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पुर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।

कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले देशव्यापी १३५ वटा संजालहरु मार्फत ग्राहक महानुभावहरुलाई यो सेवा प्रदान गर्ने छ साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS