IME Life
GBIME

मिड सोलु हाइड्रोपावरको आईपीओ निष्कासन मिति तय, क-कसले दिन पाउँछन आवेदन ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गर्दै छ । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात रू.१००/- अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा.वि.स हालको सोलुदुधकुण्ड न.पा. वडा नं.३,४,५,६,७ र ११) का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३०० कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा.वि.स हालको सोलुदुधकुण्ड न.पा. वडा नं. ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्लावासीहरुको लागि १ लाख ८७ हजार १०० कित्ता शेयर निष्काशन गर्ने छ । त्यस्तै, रू.१००/- अंकित दरका ७४ हजार ८४० कित्ता साधारण शेयर (सर्वसाधारणमा निष्काशन गर्ने शेयरको १० प्रतिशत) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाईको लागि निष्कासन गरिएको छ ।

Crest

आयोजना प्रभावित क्षेत्रका स्थानीयले यो आईपीओमा साउन २८ गतेसम्म आवेदन दिनु पर्ने छ। सो अवधिमा निष्कासन गरिएका सम्पूर्ण कित्तामा आवेदन नपरेमा विक्री अवधि भाद्र ११ गतेसम्म लम्बिनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिनु पर्ने छ ।

यो आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS