Connect IPS
IME Life

प्रभु महालक्ष्मीको नेपालगंज, बर्दिवास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अषाढ २९ गते एकिकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका बिभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण ३ गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम संचालन भएको हो ।

मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको थियो । साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको थियो ।

Prabhu
Crest

प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरिएको कम्पनीले जनाएको छ । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत नेपालगंजमा किशोरा प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा, बर्दिवासमा प्रयास श्रेष्ठ र सिताराम धिमाल तथा बाग्लुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १०० देखि २०० अभिकर्ताको सहभागिता थियो । कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा आज ४ गते पोखरा र इटहरीमा तथा श्रावण ७ गते शनिवार काठमाडौंमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम संचालन हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS