काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ३१ अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको छ । आज ८८ कम्पनीको शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै विशाल बजार कम्पनी र लिवर्टी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।