IME Life
GBIME

हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ७ लाख ५१ हजार ६८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेष्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता शेयर विक्री गर्न बैंकको निवेदन दिएसँगै उक्त शेयर विक्री गर्न लागेको हो ।

Crest

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्रीगरिने बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS