IME Life
GBIME

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकिकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

Crest

श्रावण २ गते झापाको बिर्तामोड, पर्साको बीरगंज, दाङ्गको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागि गराइएको थियो । चारै ठाँउमा भएको कार्यक्रममा सय–सय जना भन्दा बढी अभिकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो ।

विर्तामोडमा सोन वहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सबै जना प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरु भएको कम्पनीले जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS