Connect IPS
IME Life

मौलाकाली केवलकारको टिकटमा ५०% छुट सहित इभिनिङ अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुट सहित ‘इभिनिङ अफर’ ल्याएको छ । साउन देखि लागू हुने गरी यस अफर ल्याएको कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत प्रत्येक बुधबार दिउँसो २ बजेपछि केवलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । हाल केवलकारको दुइतर्फी साधारण टिकट शुल्क ५५० रुपैयाँ कायम छ । यस अफर अन्तर्गत अब यात्रुहरुले २७५ रुपैयाँमै दुइतर्फी यात्रा गर्न पाउनेछन् ।

Prabhu
Crest

यस अफरले दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान प्रेरित गर्ने विश्वास लिइएको छ । यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।

मौलाकालिका मन्दिरमा यसअघिका वर्षहरुको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि आएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार सञ्चालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करिक २५ प्रतिशतले बढेको छ ।

धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि संचालनमा आएको मौलाकाली केवलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनहरुलाई सेवा दिंदै आएको छ । शनिबार र अन्य बिदाका दिनमा बिहान ५ः३० देखि केवलकार संचालन हुने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS