Connect IPS
IME Life

६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकले निशुल्क एवं छुट सुविधासहित स्वास्थ्य उपचार पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारमा सहजता ल्याउन थप २ वटा अस्पतालमा ज्येष्ठ नागरिक (जेरियाट्रिक) वार्ड विस्तार गरेको छ । यससँगै ज्येष्ठ नागरिकहरुले देशभरका ६२ अस्पतालबाट निशुल्क एवं छुट सुविधामा सेवा लिन सक्नेछन् ।

सरकारले ज्येष्ठ नागरिकको लागि सरल, सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न अस्पतालहरुमा जयेष्ठ नागरिक (जेरियाट्रिक) मैत्री स्वास्थ्य सेवा संचालनमा ल्याएको हो ।

Prabhu
Crest

अस्पतालहरुमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सम्बन्धमा जेरीयाट्रिक स्वास्थ्य सेवा मापदण्ड, २०७९ मा गरिएको व्यवस्थाअनुरुप सेवा प्रदान गर्न सहज बनाउने यसको उदेश्य रहेको छ । साथै चिकित्सकहरुले ज्येष्ठ नागरिकहरुलाई प्रदान गर्दा आदरपूर्वक, सम्मानपूर्वक व्यवहार सहित सेवा प्रवाह गर्नै र ज्येष्ठ नागरिक मैत्री सेवा प्रदान गर्नु नै मुख्य उदेश्यहरु हुन् ।

यस सेवा अन्तर्गत कोशी प्रदेशमा पी.पी. कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल, मोरङ, मेची अस्पताल, उदयपुर अस्पताल, इलाम असपताल, संखुवासभा अस्पताल लगायत रहेको छ ।

सरकारले सातवटै प्रदेशमा रहेको विभिन्न अस्पतालबाट ज्येष्ठ नागरिकलाई सुलभ तथा सजिलै सेवा प्रदान गर्ने उदेश्य राखेको छ ।

Geriatric budget guideline

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS