काठमाडौं । आज साउन महिनाको १ गते अर्थात आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन शेयर बजार बढेको छ । आज शेयर बजार नेप्शे परिसूचक ४६ दशमलव ०७ प्रतिशतले बृद्धि हुँदा १२४४ दशमलव १६ को विन्दुमा कायम भएको छ ।
आज बजार बढ्दा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक कमाउने लगनाीकर्ता बनेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २३२ रुपैयाँ कायम भएको छ । यसैगरी आज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ५८३ रुपैयाँ कायम भएको छ । साथै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ८७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७६८ रुपैयाँ कायम भएको छ ।