काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । सर्वाेच्च अदालतका प्रधान न्यायाधीश तथा न्याय परिषद एवं न्याय सेवा आयोगका अध्यक्ष हरिकृष्ण कार्कीले राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रधान न्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वाेच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको आ.व.२०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।