Connect IPS
IME Life

घोराही सिमेन्टको आइपीओ नतिजा यी चार तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्टको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर, आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिने क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/, बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login   र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।

आइपीओमा कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जसअनुसार ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका छन् । आवेदन दिएका सबै आवेदकले शेयर पाएका छन् । आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।

Prabhu
Crest

क्यापिटलका अनुसार १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम नै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ ।

जसअनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS