काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् । शेयर बिक्री गर्ने संस्थापक शेयरधनीको नाम र बिक्री मूल्यको सम्बन्धमा कम्पनी सचिव कार्यालयमा सम्पर्क गरी बुझाउन सक्नेछन् ।
साथै, तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।