Connect IPS
IME Life

२ हजार ७५६ जनाले भरे नेशनल हाइड्रोपावरको हकप्रद शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पहिलो दिनमा नेशनल हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा २ हजार बढीको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात असार २९ गते साँझ ५ः०५ बजेसम्म २ हजार ७५६ जना आवेदकबाट ३ करोड ६३ लाख ९६ हजार ४ सय रुपैयाँ बराबरको ३ लाख ६३ हजार ९६४ कित्ताका लागि आवेदन परेको हो ।

लिमिटेडले आज असार २९ गतेदेखि चुक्त्ता पूँजीको ५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् । लगानीकर्ताले साउन १८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS