Connect IPS
IME Life

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार शुभारम्भ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले आज एक संक्षिप्त समारोहका बीच नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । यी दुई कम्पनी बराबरी हैसियतमा मर्जर भएका हुन् ।

नेपाल बीमा प्रधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरको लागि सम्झौता भएको थियो।

Prabhu
Crest

२०८० जेष्ठ २६ गते साधारण सभाबाट एकिकृत कारोबारको निर्णय भएपछि नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।

एकिकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक राजु रमण पौडेलले लामो समयको समस्या झेलेर पनि मर्जर कार्य सम्पन्न गरेकोमा शुभकामना दिए । उनले कम्पनीले जनताको चाहना अनुसार नयाँ नयाँ बीमा पोलिसी ल्याएर स्वस्थ प्रतिस्पर्धाको बीच कारोबार गर्ने आशा व्यक्त गरे ।

प्रभु महालक्ष्मी लाइफको नवगठित संचालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा संचालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवि र युवा टिम पाएको कम्पनीले भविश्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै संचालक उमेशलाल श्रेष्ठले बीमा बजार झन झन प्रतिस्प्रधि हुँदै गइरहेको छ । मर्जर पछि दुबै कम्पनीका कर्मचारीहरुलाई मिलाएर उर्जाशिल बनाउने जिम्मेवारी दुबै कम्पनीका कार्यकारी प्रमुखहरुको काँधमा आएको छ । बीमा क्षेत्रको मर्जरमा प्रभु महालक्ष्मी लाइफले नयाँ इतिहास बनाउने र राम्रो कम्पनी बनेर देखाउने आशा व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS