Connect IPS
IME Life

रासायनिक मल कारखाना स्थापनाका लागि अध्ययन गर्न लगानी बोर्ड र डीआइएजी इन्ड्रष्ट्रीबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डीआईएजी इन्ड्रष्ट्री जीएमबीएच, जर्मनीबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिहीबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र डीआइएजी इन्ड्रष्ट्री जीएमबीएचका प्रबन्ध निर्देशक बेञ्जामिन बेकरले हस्तारक्षर गरेका हुन् । सम्झौताअनुसार डीआईएजी इन्ड्रष्ट्री जीएमबीएचले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डलाई बुझाउनु पर्नेछ । डीआईएजीले प्राकृतिक ग्यास ‘इलेक्ट्रोलाइसिस’ वा ’हाइब्रिड’ प्रविधिमध्ये उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

साथै, आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख छ ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डीआईएजी इन्ड्रष्ट्री जीएमबीएचको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत १७ मा सम्पन्न ५०औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा २०७९ चैत ३० मा लगानी बोर्डको ५३औँ बैठकबाट स्वीकृत भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS