GBIME
IME Life

इन्स्योरेन्स इन्स्टिच्युटको सिइओको जिम्मेवारी सुशिलदेव सुवेदीलाई, बीमा कलेज खोल्ने टाक्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशक सुशिलदेव सुवेदीलाई इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । भोजराज शर्माको कार्यकाल यहि असार मसान्तबाट सकिदैछ ।

उनको कार्यकाल सकिए लगत्तै लागु हुने गरी बीमा प्राधिकरणले सुवेदीलाई थप जिम्मेवारी प्रदान गर्दै इन्स्टिच्युटको सिइओमा नियुक्त गरेको हो । उनलाई भारतीय विश्वविद्यालयबाट बीमा कलेज सञ्चालनका लागि अनुबन्धन लिने जिम्मेवारी प्रदान गरिएको छ । चालु आर्थिक वर्षको बजेटमै बीमा कलेज स्थापना गर्ने कार्यक्रम समावेश गरिएको थियो । नेपालका विश्व विद्यालयले बीमा मात्रै अध्ययन गर्ने गरी अनुमति नदिने भएकाले भारतीय विश्व विश्वविद्यालयबाट एफिलिएसन लिने प्रकृया अगाडी बढाएको हो ।

SKYWELL
Crest

बीमा कम्पनीहरुमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित बीमा कलेजको अवधारणाको विकास भएको हो । बीमा सम्बन्धी आवस्यक तालिम उपलब्ध गराउन बीमा प्राधिकरण सहित बीमा कम्पनीहरुको सामुहिक लगानीमा इन्स्योरेन्स इन्स्टिच्युटको स्थापना गरिएको थियो । बीमा क्षेत्रका सबैभन्दा पाका तथा अनुभवी शर्मालाई प्राधिकरणले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्दै आएको थियो ।

प्राधिकरणका निर्देशक सुवेदी प्राज्ञीक क्षेत्रमा पनि संलग्न छन् । यहि कारणले पनि उनलाई प्राधिकरणले यस्तो जिम्मेवारी दिएको हो । सुवेदीले बीमा प्राधिकरणमा बहन गर्दै आएको जिम्मेवारीलाई पनि पुरा गर्नु पर्नेछ । इन्स्टिच्युटको सिइओमा नियुक्त भए पनि उनले पारिश्रमक तथा सेवा सुविधा भने प्राधिकरणबाटै बुझ्ने छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS