काठमाडौं । आज शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ३१ अंकले बढेर २,०९७ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १८५ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३८ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १८ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।