काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नविकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । त्रिविबाट सम्बन्धन प्राप्त भई सञ्चालनमा रहेका तर नविकरण नगर्ने क्याम्पसलाई त्रिवि नियम अनुसार कारबाही गर्ने भएको हो ।
त्रिविले पटक पटक नविकरणका लागि गोरखापत्रमार्फत सूचना जारी गर्दै सम्बन्धन नविकरण गर्न सूचित गरेको थियो । तर केहि क्याम्पसले सूचनालाई वास्ता नै नगरेको भन्दै नविकरणमा नआए सम्बन्धन खारेज गर्ने त्रिविले जनाएको छ । यदि कारणबस नविकरण गर्न ढिलाई भएको हो भने आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डिनको कार्यालयमा सम्पर्क गर्न समेत त्रिविले अनुरोध गरेको छ । तर नविकरणमा नआएको र कारण सहित सम्पर्कमा नआएको अवस्थामा सम्बन्धन खारेज गर्ने त्रिवले जनाएको छ ।