काठमाडौं । नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले असार २६ गते फाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्न अनुमित दिएको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बोर्डबाट अनुमति पाएको हो । फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ । फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।