Connect IPS
IME Life

काजमा बसेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्कन निर्देशन दिएको छ । मन्त्रालयले २०८० साउन १ गतेदेखि नै लागू हुने गरि दरबन्दीमा फर्किन निर्देशन जारी गरेको हो । सोमबार चिकित्सा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा सूचना जारी गर्दै मन्त्रालयले यस्तो जनाएको हो ।

कर्मचारी समायोजन पश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिने बारे उक्त सूचनामा उल्लेख गरिएको छ ।

Prabhu
Crest

प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन भई संघको विभिन्न निकायमा कामकाजमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समायोजन भएको तत् तत् तहमा सात दिनभित्र काज फिर्ता गरी सो जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ ।

मन्त्रालयबाट जारी उक्त सूचनामा मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भई संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको पुनः मेडिकल बोर्डबाट एक महिनाभित्र स्वास्थ्य परीक्षण गराई स्वास्थ्य अवस्था अद्यावधिक गराउने र उपयुक्त निकायमा कामकाजमा खटाउन बारे उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS